• गृह पृष्ठ
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
Gorkha Sansar
Advertisement
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/बाणिज्य
    • अटाे
    • अर्थतन्त्र
    • कृषी
    • पर्यटन
    • व्यपार / व्यवसाय
    • बजार
    • बैँक / वित्त
  • अन्तरर्वार्ता
  • खेलकुद
  • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियो
    • कला
    • गित संगीत
    • बलिउड / हलिउड
    • सिनेमा
  • विचार/ब्लग
  • अन्य
    • पर्यटन
    • विचार/ब्लग
    • समाज
    • सूचना प्रबिधि
    • स्वास्थ्य
    • शिक्षा
    • जीवन शैली
    • रोजगार
    • धर्म संस्कृति
    • पर्यटन
    • फरक संसार
ENGLISH
No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/बाणिज्य
    • अटाे
    • अर्थतन्त्र
    • कृषी
    • पर्यटन
    • व्यपार / व्यवसाय
    • बजार
    • बैँक / वित्त
  • अन्तरर्वार्ता
  • खेलकुद
  • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियो
    • कला
    • गित संगीत
    • बलिउड / हलिउड
    • सिनेमा
  • विचार/ब्लग
  • अन्य
    • पर्यटन
    • विचार/ब्लग
    • समाज
    • सूचना प्रबिधि
    • स्वास्थ्य
    • शिक्षा
    • जीवन शैली
    • रोजगार
    • धर्म संस्कृति
    • पर्यटन
    • फरक संसार
No Result
View All Result
Gorkha Sansar
No Result
View All Result

सबै स्थानीय तहमा ३७ हजार कर्मचारी खटिंदैः तपाईकाेमा कति ? सुचिसहित

Gorkha sansar by Gorkha sansar
April 4, 2018
in समाचार
0
142
SHARES
241
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, २१ चैत ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मुलुकभरका ७५३ स्थानीय तहमा ३७ हजार हाराहारी कर्मचारी खटाउने तयारी गरेको छ । मन्त्रालयले स्थानीय तहको जनसंख्याका आधारमा कर्मचारी खटाउने भएको छ । स्थानीय तहबाट ३ दिनभित्र हालको दरबन्दी विवरण मगाएर संगठन तथा व्यवस्थापन सर्वेक्षण समिति (ओएनएम सर्भे कमिटी) ले निर्धारण गरेको संरचनाअनुसार कर्मचारी खटाउन लागिएको मन्त्रालयले जानकारी दिएको छ । जनसंख्याका आधारमा स्थानीय तहलाई ९ भागमा वर्गीकरण गरेर कर्मचारी पठाउन लागिएको मन्त्रालयले बताएको छ ।

सो संरचनाअनुसार स्थानीय तहमा सचिवदेखि खरिदारस्तरका ३७ हजार २५७ कर्मचारी आवश्यक पर्छ । २५ हजारसम्म जनसंख्या रहेका ३३४ गाउँपालिकामा १० हजार २१६ र २५ हजारभन्दा बढी जनसंख्या रहेका १२६ गाउँपालिकामा ५ हजार ४४ कर्मचारीको दरबन्दी स्वीकृत भएको छ । समितिको सिफारिसमा गत चैत १४ गते मन्त्रिपरिषदको बैठकले स्थानीय तहको कर्मचारी संगठन संरचना स्वीकृत गरेको थियो ।

संघीय राजधानी समेत रहेको काठमाडौं महानगरपालिकामा सचिवस्तरका कर्मचारी हुनेछन् । अब काठमाडौं महानगर कार्यालयमा प्राविधिक ४६ र अप्राविधिक ९५ गरी १४१ कर्मचारी हुनेछन् । ३२ वटा वडामा शाखा अधिकृतको नेतृत्वमा ३ जना प्राविधिक र ४ अप्राविधिक कर्मचारी रहने छन् । सचिवदेखि वडास्तरका कर्मचारीसहित काठमाडौं महानगरपालिकामा जम्मा ३६५ कर्मचारीको दरबन्दी हुनेछ । ‘हाल स्थानीय तहमा रहेका कर्मचारी र नयाँ कर्मचारी संगठन संचरनाअनुसार रिक्त रहेका दरबन्दीको तथ्याङ्क मगाएका छौं,’ मन्त्रालयका कर्मचारी प्रशासन शाखाका अधिकृत रवीन्द्रजङ्ग थापाले भने ।

नयाँ संरचनाअनुसार २५ हजारसम्म जनसंख्या भएका ३३४ गाउँपालिकामा शाखा अधिकृतको दरबन्दी स्वीकृत भएको छ । ती प्रत्येक गाउँपालिकामा ३ प्राविधिकसहित १७ कर्मचारी खटाउन लागिएको हो । यस अन्तर्गतका २ हजार २६९ वडामा नायब सुब्बा वा खरिदार प्रमुख र एक प्राविधिक गरी २ कर्मचारी खटाइने जनाइएको छ । २५ हजारभन्दा बढी जनसंख्या भएका १२६ गाउँपालिकामा उपसचिवस्तरका कर्मचारी प्रमुख हुनेछन् । तिनमा १६ अप्राविधिक, ९ प्राविधिकसहित २५ कर्मचारीको दरबन्दी रहनेछ । यी गाउँपालिकाका ९४७ वडा हरेकमा नायव बसुब्बा या खरिदारको नेतृत्वमा २ अप्राविधिक कर्मचारी खटाइनेछ । यस्तै, २५ हजारसम्म जनसंख्या भएका ३१ नगरपालिकामा पनि १६ अप्राविधिक र ९ प्राविधिकसहित २५ कर्मचारीको दरबन्दी रहनेछ । तिनका वडामा नायब सुब्बा या खरिदारको नेतृत्वमा २ अप्राविधिक कर्मचारी खटाइनेछ । यस्ता नगरका वडासम्म १ हजार ३९३ कर्मचारी आवश्यक पर्छ ।

नगरपालिकाहरुलाई २५ हजारसम्म, २५ देखि ५० हजार, ५० हजारदेखि ७५ हजार र ७५ हजारभन्दा बढी जनसंख्या रहेको आधारमा वर्गीकरण गरेर कर्मचारी संरचना निश्चित गरिएको हो । ‘हाल स्थानीय तहमा कार्यरत रहेका र रिक्त दरबन्दी विवरण माग गरेका छौं,’ मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले भने, ‘दरबन्दीको लगत संकलन भइसकेपछि कर्मचारी पठाउने काम शुरु हुन्छ ।’ उनले चैतभित्र नयाँ संरचनाअनुसार ५० प्रतिशतभन्दा बढी कर्मचारी स्थानीय सरकारमा पठाउने दाबी गरे ।

२५ हजारभन्दा बढी ५० हजारसम्म जनसंख्या भएका नगरपालिकामा २० अप्राविधिकसहित ३० कर्मचारीको दरबन्दी रहनेछ । १५१ वटा यस्ता नगरपालिकाका वडामा २ अप्राविधिक र १ प्राविधिक कर्मचारी कार्यरत हुनेछन् । यी सबै नगरपालिका र वडामा गरी ९ हजार ४५३ जना कर्मचारी आवश्यक हुन्छ । ५० हजारभन्दा बढी ७५ हजारसम्म जनसंख्या रहेका ६८ वटा नगरपालिकामा २७ अप्राविधिक र १२ प्राविधिक गरी ३९ कर्मचारी खटाउन लागिएको हो । वडामा १ प्राविधिकसहित ३ जना कर्मचारी हुनेछन् । यी नगरपालिकामा ५ हजार १३९ कर्मचारी आवश्यक हुने स्वीकृत सर्भे प्रतिवेदनमा उल्लेख छ ।

७५ हजारभन्दा बढी जनसंख्या रहेका २६ नगरपालिकामा २६ जना अप्राविधिकसहित ४३ कर्मचारी हुनेछन् । वडाहरूमा वडा सचिवसहित ३ कर्मचारीको दरबन्दी हुने यकिन गरिएको छ । वडासमेत गरी यी नगरपालिकामा २ हजार १३८ कर्मचारी चाहिन्छ । ११ उपमहानगरपालिकाको प्रशासकीय अधिकृतको जिम्मेवारी सहसचिव स्तरका कर्मचारीले पाउनेछन् । उपमहानगरमा ५५ अप्राविधिक र २९ प्राविधिकसहित ८४ कर्मचारीको दरबन्दी स्वीकृत भएको छ । उपमहानगरको वडा सचिव नायब सुब्बा स्तरका कर्मचारी हुने र उनको मातहतमा २–२ जना प्राविधिक तथा अप्राविधिक कर्मचारी हुनेछन् । यी उपमहानगरका २ सय ३४ वडा कार्यालयमा समेत गरेर १ हजार ८६० कर्मचारी खटाइने तयारी छ ।

काठमाडौं महानगरबाहेक ५ महानगरपालिकाको प्रमुखको जिम्मेवारी सहसचिव स्तरका कर्मचारीले सम्हाल्नेछन् । ती महानगरमा ८५ अप्राविधिक र ४६ प्राविधिक कर्मचारीले कामकाज गर्नेगरी दरबन्दी स्वीकृत गरिएको छ । ५ महानगरका १४२ वडामा ३ प्राविधिक र ४ अप्राविधिक कर्मचारीको दरबन्दी रहनेछ । यी महानगरका वडामा १ हजार ६४९ कर्मचारी खटाउनुपर्छ । मन्त्रालयका अनुसार ७७ वटै जिल्ला समन्वय समितिमा उपसचिवको दरबन्दीसहित ५ अप्राविधिक र २ प्राविधिकसहित ७ कर्मचारी रहने छन् ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)
  • Click to share on Google+ (Opens in new window)

Related

Previous Post

ठग स्कुल र अस्पतालको अनुगमन गर्दा महानिर्देशक दाहालको सरुवा

Next Post

देशभर किन भइरहेको छ वर्षा ? अझै कति दिन आउछ पानी

Related Posts

समाचार

तनहुँ जलविद्युतको नयाँ टेण्डर हुने

February 22, 2019
समाचार

प्रहरी कार्यालय भवन टेकोको भरमा, प्रहरीलाई आफ्नै सुरक्षाको चिन्ता

February 20, 2019
समाचार

‘गण्डकी प्रदेश सरकारको एक वर्ष’ कानून तथा कार्यविधि निर्माण नै प्रमुख उपलब्धी

February 18, 2019
समाचार

जनयुद्ध दिबस मनाइयाे

February 13, 2019
समाचार

दुधसंग गुँद मिलाएर खानुस, तन्दुरूस्त एवं स्वस्थ बन्नुस ।

February 13, 2019
कृषी

वन्य जन्तु संरक्षणको जिम्मा पनि सामुदायिक वन उपभोक्ता समितिलाई दिईनु पर्छ

February 11, 2019
Next Post

देशभर किन भइरहेको छ वर्षा ? अझै कति दिन आउछ पानी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

ताजा अपडेट

महिला सङ्घ बन्दीपुरमा गिरी

February 22, 2019

भोली पालुङ्टारमा ज्योति मगर आउँदै, अहिलेसम्म २५ हजार दर्शकले अवलाेकन गरे लिगलिग पालुङ्टार महाेत्सव

February 22, 2019

तनहुँ जलविद्युतको नयाँ टेण्डर हुने

February 22, 2019

लोकप्रिय

  • गोरखाको पालुङ्टारमा लागु अाैषधसहित १ जना पक्राउ

    140 shares
    Share 56 Tweet 35
  • साविक उमावि शिक्षकहरूको पक्षमा लडछु – प्रचण्ड

    139 shares
    Share 56 Tweet 35
  • छोरी र बुहारीले काँध हाले, जेठी बुहारी शाेभाले दिइन दागवत्ती

    139 shares
    Share 56 Tweet 35
  • पालुङ्टार ७ मा बैंक नहुँदा जनतालाई सास्ती, छिटै प्रहरी चौकी स्थापना गर्न पहल

    726 shares
    Share 290 Tweet 182
  • २ दिन सार्वजनिक विदा

    714 shares
    Share 286 Tweet 179
  • गृह पृष्ठ
  • प्रयोगका सर्त
  • विज्ञापन
  • सम्पर्क
  • Privacy Policy
  • हाम्रो बारेमा

© 2018 Gorkha Sansar | By: TechBaron.

No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/बाणिज्य
    • अटाे
    • अर्थतन्त्र
    • कृषी
    • पर्यटन
    • व्यपार / व्यवसाय
    • बजार
    • बैँक / वित्त
  • अन्तरर्वार्ता
  • खेलकुद
  • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियो
    • कला
    • गित संगीत
    • बलिउड / हलिउड
    • सिनेमा
  • विचार/ब्लग
  • अन्य
    • पर्यटन
    • विचार/ब्लग
    • समाज
    • सूचना प्रबिधि
    • स्वास्थ्य
    • शिक्षा
    • जीवन शैली
    • रोजगार
    • धर्म संस्कृति
    • पर्यटन
    • फरक संसार

© 2018 Gorkha Sansar | By: TechBaron.