• गृह पृष्ठ
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
Gorkha Sansar
Advertisement
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/बाणिज्य
    • अटाे
    • अर्थतन्त्र
    • कृषी
    • पर्यटन
    • व्यपार / व्यवसाय
    • बजार
    • बैँक / वित्त
  • अन्तरर्वार्ता
  • खेलकुद
  • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियो
    • कला
    • गित संगीत
    • बलिउड / हलिउड
    • सिनेमा
  • विचार/ब्लग
  • अन्य
    • पर्यटन
    • विचार/ब्लग
    • समाज
    • सूचना प्रबिधि
    • स्वास्थ्य
    • शिक्षा
    • जीवन शैली
    • रोजगार
    • धर्म संस्कृति
    • पर्यटन
    • फरक संसार
ENGLISH
No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/बाणिज्य
    • अटाे
    • अर्थतन्त्र
    • कृषी
    • पर्यटन
    • व्यपार / व्यवसाय
    • बजार
    • बैँक / वित्त
  • अन्तरर्वार्ता
  • खेलकुद
  • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियो
    • कला
    • गित संगीत
    • बलिउड / हलिउड
    • सिनेमा
  • विचार/ब्लग
  • अन्य
    • पर्यटन
    • विचार/ब्लग
    • समाज
    • सूचना प्रबिधि
    • स्वास्थ्य
    • शिक्षा
    • जीवन शैली
    • रोजगार
    • धर्म संस्कृति
    • पर्यटन
    • फरक संसार
No Result
View All Result
Gorkha Sansar
No Result
View All Result

रु एक करोड १७ लाखमा ग्रामीण सडक

Gorkha sansar by Gorkha sansar
April 5, 2018
in समाचार
0
141
SHARES
239
VIEWS
Share on FacebookShare on Twitter

पाल्पा, २२ चैत । 

जिल्लाकै दुर्गम र विकट रहेको निस्दी गाउँपालिकाको हात्ती भन्ज्याङ—लिन्दी मोटरबाटो निर्माण कार्य सकिएको छ ।

पूर्वी पाल्पाकै चासोको विषय बनेको यस सडक निर्माण कार्य सकिएपछि यहाँका स्थानीयवासीमा खुशी छाएको छ ।

निस्दी गाउँपालिकाको रु ५५ लाख, निर्वाचन क्षेत्र विकास कोषको रु ४२ लाख, साविक जिल्ला विकास समितिको रु पाँच लाख, स्थानीयवासीको जनश्रमदानबाट रु १५ लाख गरी कूल रु एक करोड १७ लाखको लागतमा मोटरबाटो निर्माण कार्य सकिएको बाटो उपभोक्ता समितिका अध्यक्ष मनबहादुर रानाले बताउनुभयो ।

विसं २०७२ देखि काम शुरु गरेर हाल नयाँ सडक निर्माण तथा पुराना सडकको स्तरोन्नतिको काम सकिएपछि यातायातका साधन नियमित सञ्चालन हुन थालेको अध्यक्ष रानाले बताउनुभयो । रामपुर बजारदेखि गाउँसम्म नियमित सडक सञ्चालन गर्न यहाँका करीब ३०० स्थानीयवासीले जनश्रमदान गरेका छन् ।

सहलकोट, मित्याल, झिरुवास हँुदै नवलपरासीको दुम्कीवाससम्म सडक जोडिएपछि यहाँका स्थानीयवासीलाई तराई क्षेत्रसम्म आवतजावत गर्न सजिलो भएको छ । यसरी सिधै नवलपरासीको दुम्कीवाससम्म सडक जोडिएपछि छोटो दूरीमा गन्तव्यसम्म पुग्न पाइने भएपछि यहाँका स्थानीयवासी निकै हर्षित भएको प्रेम बाकाबलले बताउनुभयो ।

सधैँ कनिका छरेजस्तो सानो बजेटले सडक निर्माणमा गति लिन सकेको थिएन । यहाँका स्थानीयवासीले सडकमा ठूलो रकम बजेट परेपछि भने सडक निर्माण हुनेमा ठूलो विश्वास गरेको बाकाबलले बताउनुभयो ।

रामपुर बजारदेखि गाउँसम्म सिधै सडक नियमित सञ्चालन नहुँदा गाउँघरमा उत्पादन भएका तरकारी, फलफूल, गेडागुडी बजारसम्म बिक्रीका लागि पु¥याउन पहिला निकै कठिन भएको अगुवा कृषक यामबहादुर मश्राङ्गी बताउनुहुन्छ । “अहिले स्थानीयवासीको अथक प्रयास र जनश्रमदानबाट सडक निर्माण भएपछि कृषिजन्य सामग्री बजारसम्म लैजान सजिलो भएको छ”, उहाँले भन्नुभयो ।

सडककै कारण एक घण्टामा पुगिने रामपुर बजारमा उहाँले गतवर्ष यहाँ उत्पादन भएका कृषिजन्य सामग्री मित्याल—गल्धा हुँदै तीन घण्टाको समय खर्चेर तेब्बर भाडा तिरेर बजार पु¥याउन बाध्य रहेको गुनासो गर्नुभयो । अहिले भने सिधै छोटो समयमा कम ढुवानीमा बजारसम्म सामान लैजान सजिलो हुनेभएपछि यहाँका कृषकले कृषि उत्पादन बढाउँदै गएका छन् ।

कृषि उत्पादनले प्रख्यात बनेको सहलकोट क्षेत्र वर्षेनी सडककै समस्याले निकै चर्चामा आउने गरेको छ । गाउँमा सडक नपुगेकै कारण यहाँबाट बसाइँ सराइ गर्ने दर पनि बढ्दो छ । सडकले गाउँसम्म जोडेपछि बसाइँ सराइ दरमा कमी आउने विश्वास गरिएको छ ।  रासस

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)
  • Click to share on Google+ (Opens in new window)

Related

Previous Post

ढोरपाटन अवलोकन भ्रमण सम्पन्न

Next Post

खाल्डोमा डुबेर बालकको मृत्यु

Related Posts

समाचार

प्रहरी कार्यालय भवन टेकोको भरमा, प्रहरीलाई आफ्नै सुरक्षाको चिन्ता

February 20, 2019
समाचार

‘गण्डकी प्रदेश सरकारको एक वर्ष’ कानून तथा कार्यविधि निर्माण नै प्रमुख उपलब्धी

February 18, 2019
समाचार

जनयुद्ध दिबस मनाइयाे

February 13, 2019
समाचार

दुधसंग गुँद मिलाएर खानुस, तन्दुरूस्त एवं स्वस्थ बन्नुस ।

February 13, 2019
कृषी

वन्य जन्तु संरक्षणको जिम्मा पनि सामुदायिक वन उपभोक्ता समितिलाई दिईनु पर्छ

February 11, 2019
मुख्य समाचार

पालुङटारकाे अाकाशमा उडयाे प्याराग्लाइडिङ

February 5, 2019
Next Post

खाल्डोमा डुबेर बालकको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

ताजा अपडेट

पहरो बन्यो आम्दानीको भरपर्दो स्रोत

February 20, 2019

च्याङ्लीमा शिवरात्री मेला २०७५ को तयारी तीब्र, भलिबल विजेतालाई १० हजार पुरस्कार दिइने ।

February 20, 2019

लुईंटेल स्कूलमा कलाकारहरु सहित बार्षिक उत्सव मनाईंदै

February 20, 2019

लोकप्रिय

  • गोरखाको पालुङ्टारमा लागु अाैषधसहित १ जना पक्राउ

    140 shares
    Share 56 Tweet 35
  • साविक उमावि शिक्षकहरूको पक्षमा लडछु – प्रचण्ड

    139 shares
    Share 56 Tweet 35
  • छोरी र बुहारीले काँध हाले, जेठी बुहारी शाेभाले दिइन दागवत्ती

    139 shares
    Share 56 Tweet 35
  • पालुङ्टार ७ मा बैंक नहुँदा जनतालाई सास्ती, छिटै प्रहरी चौकी स्थापना गर्न पहल

    726 shares
    Share 290 Tweet 182
  • २ दिन सार्वजनिक विदा

    713 shares
    Share 285 Tweet 178
  • गृह पृष्ठ
  • प्रयोगका सर्त
  • विज्ञापन
  • सम्पर्क
  • Privacy Policy
  • हाम्रो बारेमा

© 2018 Gorkha Sansar | By: TechBaron.

No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/बाणिज्य
    • अटाे
    • अर्थतन्त्र
    • कृषी
    • पर्यटन
    • व्यपार / व्यवसाय
    • बजार
    • बैँक / वित्त
  • अन्तरर्वार्ता
  • खेलकुद
  • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियो
    • कला
    • गित संगीत
    • बलिउड / हलिउड
    • सिनेमा
  • विचार/ब्लग
  • अन्य
    • पर्यटन
    • विचार/ब्लग
    • समाज
    • सूचना प्रबिधि
    • स्वास्थ्य
    • शिक्षा
    • जीवन शैली
    • रोजगार
    • धर्म संस्कृति
    • पर्यटन
    • फरक संसार

© 2018 Gorkha Sansar | By: TechBaron.