• गृह पृष्ठ
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
Gorkha Sansar
Advertisement
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/बाणिज्य
    • अटाे
    • अर्थतन्त्र
    • कृषी
    • पर्यटन
    • व्यपार / व्यवसाय
    • बजार
    • बैँक / वित्त
  • अन्तरर्वार्ता
  • खेलकुद
  • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियो
    • कला
    • गित संगीत
    • बलिउड / हलिउड
    • सिनेमा
  • विचार/ब्लग
  • अन्य
    • पर्यटन
    • विचार/ब्लग
    • समाज
    • सूचना प्रबिधि
    • स्वास्थ्य
    • शिक्षा
    • जीवन शैली
    • रोजगार
    • धर्म संस्कृति
    • पर्यटन
    • फरक संसार
ENGLISH
No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/बाणिज्य
    • अटाे
    • अर्थतन्त्र
    • कृषी
    • पर्यटन
    • व्यपार / व्यवसाय
    • बजार
    • बैँक / वित्त
  • अन्तरर्वार्ता
  • खेलकुद
  • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियो
    • कला
    • गित संगीत
    • बलिउड / हलिउड
    • सिनेमा
  • विचार/ब्लग
  • अन्य
    • पर्यटन
    • विचार/ब्लग
    • समाज
    • सूचना प्रबिधि
    • स्वास्थ्य
    • शिक्षा
    • जीवन शैली
    • रोजगार
    • धर्म संस्कृति
    • पर्यटन
    • फरक संसार
No Result
View All Result
Gorkha Sansar
No Result
View All Result

‘एमालेले माअाेवादीलार्इ एक तिहार्इकाे सर्त राखेपछि एकता लम्बियाे’

Gorkha sansar by Gorkha sansar
April 23, 2018
in अन्तरर्वार्ता, हेडलार्इन
0
147
SHARES
249
VIEWS
Share on FacebookShare on Twitter

 

नेकपा एमाले र माओवादी केन्द्रले फेरि एकीकरणको उधारो प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाल कम्युनिष्ट पार्टीको ६८ औं स्थापना दिवसको अवसर पारेर पार्टी एक हुने आशा तुषारापात हुन पुग्यो ।

चुनाव अगाडि बनेको गठबन्धन चुनावमा साझा उम्मेदवार उठाउँदै आए र अहिले संयुक्त सरकार छ । एमाले र माओवादीको एकीकरणले न औपचारिकरुप पाउन सकेको छ, न एकीकरणको अर्को मितिबारे ठोस आश्वासन । यसै सन्दर्भमा  नेकपा माओवादी केन्द्रका नेता हरिबाेल गजुरेलसंग रघुनाथ बजगाँईले गरेको कुराकानी :

एमाले – माओवादी पार्टी एकतामा किँन आलटाल भइरहेको  ?

नेपाली राजनीति र त्यसमा पनि एमाले नेताहरुमा एक खालको सहमती गर्ने र त्यसमा अडिग रहिरहन नसक्ने वा त्यसको कार्यन्वयनमा उदासिन रहने प्रवृति विगतमा पनि देखिएको थियो । फेरि विगतको परिस्थिति र अहिलेको पार्टी एकिकरणको परिस्थिति एकै त होईन, तर पनि प्रवृति र पात्र नफेरिँदा त्यस्तै समस्या दोहोरिनु स्वभाविक हो । हामीबीचमा भइरहेको पनि यहि नै हो ।

पार्टी एकता त ढिलो चाँडो हुन्छ तर एमालेले हामीलाई गलाएर मात्रै एकता गर्न खोजेको जस्तो देखिन्छ । त्यसो भएन भने ड्याम्मै एकता हुन्छ ।

यसको अर्थ दुई पार्टीका बीचमा रहेका अविश्वास हटिसकेको छैन…

खासगरि एमाले अध्यक्ष केपी ओलीले पार्टी एकतामा जाँदा सम्मानजनक एकता गर्ने , संगठनात्मक संरचनामा समानता कायम गर्ने भन्ने सहमती गर्नु भो, केहि सिट तलमाथी हुन सक्छ तर यसको यति प्रतिशत नभन्ने र दुबै पार्टीका संगठनलाई समानताका आधारमा एकीकरण गर्ने भन्ने बिषयमा माओवादी अध्यक्ष प्रचण्ड पनि सहमत हुनु भो र बैशाख ९ गते ने पार्टी एकता गर्ने तयारी गरियो ।

उहाँहरुका सार्वजनिक अभिव्यक्तिबारे थाहा पाउनु भएकै छ, मैले भनिरहनु परेन । उहाँहरुले ९ गते नै एकता हुन्छ पनि भन्नु भो । तर पछि पार्टीबाट दवाव आयो भन्दै एमाले अध्यक्ष ओली नै पछाडि हट्नु भो र नयाँ प्रस्ताव ल्याउनु भो कि माओवादी केन्दलाई एक तिहाई दिएर मात्रै एकिकरणमा जाने भनेर ।

अब हामीलाई एकि तिहाई दिने भनेर अलिकति होच्याउने काम भयो । यो बिषय छिपेको छैन् । प्रतिशतमा एकता गर्नु हुँदैन, भावनात्मक एकता गर्नुपर्छ भनेर हामी लाग्ने तर एमालेले चाँही माओवादीलाई एक तिहाई भन्दा बढि दिन सकिँदैन भन्ने, यो ति मिलेन नी यहि कारण पार्टी एककिकरणमा ढिलाई भएको हो ।

व्यानर बनाउनेले ख्याल गर्नुपर्ने बिषय हो ख्याल गरेनन । त्यसको पनि अर्थ हुन्छ र छ तर पार्टी एकताको समग्र बिषयमा भइरहेको बिषयसंग जोडेर हेर्नु हुन्न ।

यो बिषयमा एमालेभित्रै धेरै बहस र छलफल गर्नुपर्ने देखिन्छ । माओवादी भित्र त्यस्तो समस्या छैन् तर एमालेले दम्भ देखायो, उनीहरुले ठूलो पार्टी भएको भन्दै आफ्नै नीति, आफ्नै मान्यता, संगठनमा आफुहरुकै बर्चस्वको सुनिश्चितता खोज्नु भो ।

भनेपछि एमाले – माओवादी केन्द्रको बाटो फरक हुँदै छ …

मैले ठ्याक्कै त्यसो भन्न खोजेको होईन । दुबै पार्टी एकताबाट उम्किन सक्ने अवस्थामा छैनन् । हामीले चुनावमा बाचा गरेका छौँ ।

हामीलाई प्राप्त भोट पार्टी एकिकरणका लागि पनि हो । जनमतलाई भुल्यौ भने त त्यसले गम्भिर परिणाम ल्याउन सक्छ । तर भएको के हो भन्ने त प्रष्ट भन्नु पर्यो नी । समस्या आफु खडा गरेर अरुलाई दोष दिएर त भएन नी । दुई अध्यक्षले एक हुने संकल्प गर्नु भएकै छ । विवादित बिषयमा पनि सहमती उहाँहरु नै खोज्दै हुनुहुन्छ, भनेपछि एकिकरण नै नहुने अवस्थामा पुग्यो भन्न त मिलेनन नी , तर परिस्थिति विगार्ने काम भने पक्कै भएको छ ।

हिजोको व्यानरकाण्ड पनि त्यसैको उपज हो की उसो भए ?

हैन, त्यो प्रावधिक बिषय हो । व्यानर बनाउनेले ख्याल गर्नुपर्ने बिषय हो ख्याल गरेनन । त्यसको पनि अर्थ हुन्छ र छ तर पार्टी एकताको समग्र बिषयमा भइरहेको बिषयसंग जोडेर हेर्नु हुन्न । कतिपयले टिप्पणी गरेका छन्, तर म त्यो पक्षमा छैन् ।

माओवादीले नै आधा आधा हिस्या खाजेकाले समस्या भएको एमालेहरुको तर्क छ नी  ?

मैले अघि नै भने नि, कि एकता सम्मानजनक हुने हो न की यति प्रतिशत वा उति प्रतिशत , माओवादी एमालेमा विलय हुन जान लागेको हो र ! होईन नी । हामीलाई एक तिहाई दिने रे , यस्तो भनेर समस्या सुल्झिन्छ कि बल्झिन्छ । हामीले समानताका आधारमा एकता गर्ने भनेका हौँ । आधा भनेका छैनौँ, केहि तलमाथी हुन सक्छ तर आफु हेपिएको महसुस गर्न त भएन नी । पार्टी एकता गर्न लागेको हो कि माओवादीलाई एमालेमा विलय गराउन खोजेको हो एमाले भित्रै छलफल हुन आवश्यक छ ।

प्रचण्डले मिति तोकेको दिन नभएर अरु कुनै दिन पार्टी एकता ड्याम्मै हुन्छ भनेका छन ..

पार्टी एकता त ढिलो चाँडो हुन्छ तर एमालेले हामीलाई गलाएर मात्रै एकता गर्न खोजेको जस्तो देखिन्छ । त्यसो भएन भने ड्याम्मै एकता हुन्छ ।

भनेपछि एमालेले माओवादीलाई गलाउन खोज्यो र  पार्टी एकता सरिरहेको छ ?

उहाँहरु ठूलो पार्टी हुनुहुन्छ । विगतमा हामी पनि ठूलो पार्टी थियौँ नी । पार्टी सानो र ठूलो त भइरहन्छ नी तर एकतामा तत्काललाई मात्रै हेरेर पुग्दैन । राष्ट्रिय राजनीति, परिवर्तनका मुद्धाहरुमा पार्टीहरुको योगदान र अस्तित्वलाई पनि ख्याल गर्नुपर्छ भन्ने मात्रै हो ।

एमाले नेताहरुमा सहमती गर्ने र कार्यन्वयनमा उदासिन रहने प्रवृति विगतमा पनि देखिएको थियो ।  प्रवृति र पात्र नफेरिँदा त्यस्तै समस्या फेरि दोहोरिनु स्वभाविक हो । हामीबीचमा भइरहेको पनि यहि नै हो ।

केपी ओलीले जुत्ता नमिले खुट्टा तासेर पनि मिलाउनुपर्छ भनेका छन्, अब खुट्टा कसले तास्ने हो ?

पार्टी एकताका लागि दोष थोपरेर मात्र पनि हुँदैन, जिम्मेवार भएर आफ्ना अभिव्यक्ति दिनुपर्छ । उहाँले खुट्टा तास्ने कुरा आफैँलाई पनि भन्नुभएको हो र अन्यलाई पनि होला भन्ने मेले बुझेको छु ।

एभरेष्ट दैनिकबाट ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)
  • Click to share on Google+ (Opens in new window)

Related

Previous Post

चुनावमा यसरी हारेकाे रहेछ पाल्पा काँग्रेस

Next Post

पत्रकार हौं भन्दै प्रमुख निर्वाचन आयुक्तको निवास रेकी गर्ने को थिए ?

Related Posts

सूचना प्रबिधि

भोली पालुङ्टारमा ज्योति मगर आउँदै, अहिलेसम्म २५ हजार दर्शकले अवलाेकन गरे लिगलिग पालुङ्टार महाेत्सव

February 22, 2019
समाचार

तनहुँ जलविद्युतको नयाँ टेण्डर हुने

February 22, 2019
सूचना प्रबिधि

पहरो बन्यो आम्दानीको भरपर्दो स्रोत

February 20, 2019
हेडलार्इन

च्याङ्लीमा शिवरात्री मेला २०७५ को तयारी तीब्र, भलिबल विजेतालाई १० हजार पुरस्कार दिइने ।

February 20, 2019
शिक्षा

लुईंटेल स्कूलमा कलाकारहरु सहित बार्षिक उत्सव मनाईंदै

February 20, 2019
समाज

ट्राफिक नियम उल्लङ्घन गर्नेलाई प्रशिक्षण

February 20, 2019
Next Post

पत्रकार हौं भन्दै प्रमुख निर्वाचन आयुक्तको निवास रेकी गर्ने को थिए ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

ताजा अपडेट

महिला सङ्घ बन्दीपुरमा गिरी

February 22, 2019

भोली पालुङ्टारमा ज्योति मगर आउँदै, अहिलेसम्म २५ हजार दर्शकले अवलाेकन गरे लिगलिग पालुङ्टार महाेत्सव

February 22, 2019

तनहुँ जलविद्युतको नयाँ टेण्डर हुने

February 22, 2019

लोकप्रिय

  • गोरखाको पालुङ्टारमा लागु अाैषधसहित १ जना पक्राउ

    140 shares
    Share 56 Tweet 35
  • साविक उमावि शिक्षकहरूको पक्षमा लडछु – प्रचण्ड

    139 shares
    Share 56 Tweet 35
  • छोरी र बुहारीले काँध हाले, जेठी बुहारी शाेभाले दिइन दागवत्ती

    139 shares
    Share 56 Tweet 35
  • पालुङ्टार ७ मा बैंक नहुँदा जनतालाई सास्ती, छिटै प्रहरी चौकी स्थापना गर्न पहल

    726 shares
    Share 290 Tweet 182
  • २ दिन सार्वजनिक विदा

    714 shares
    Share 286 Tweet 179
  • गृह पृष्ठ
  • प्रयोगका सर्त
  • विज्ञापन
  • सम्पर्क
  • Privacy Policy
  • हाम्रो बारेमा

© 2018 Gorkha Sansar | By: TechBaron.

No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/बाणिज्य
    • अटाे
    • अर्थतन्त्र
    • कृषी
    • पर्यटन
    • व्यपार / व्यवसाय
    • बजार
    • बैँक / वित्त
  • अन्तरर्वार्ता
  • खेलकुद
  • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियो
    • कला
    • गित संगीत
    • बलिउड / हलिउड
    • सिनेमा
  • विचार/ब्लग
  • अन्य
    • पर्यटन
    • विचार/ब्लग
    • समाज
    • सूचना प्रबिधि
    • स्वास्थ्य
    • शिक्षा
    • जीवन शैली
    • रोजगार
    • धर्म संस्कृति
    • पर्यटन
    • फरक संसार

© 2018 Gorkha Sansar | By: TechBaron.