रवि लामिछानेले नारायणगढको नारायणी नदि परिसरमा धन्यबाद सभा गर्ने

155
SHARES
262
VIEWS

चितवन,

भदौ, १०भाद्र २०७६ मगलबार

रवि लामिछानेले मंगलबार चितवनको नारायणगढमा धन्यबाद सभा गर्ने भएका छन् । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा अनुसन्धानको क्रममा प्रहरीले उनलाई पक्राउ गरेको थियो । १२ दिनसम्म प्रहरी हिरासतमा रहेका उनी सोमबार बेलुका धरौटीमा रिहा भएका थिए । उनीसहित तीनजनामाथि आत्महत्या दुरुत्साहन मुद्दा लागेको छ । रिहा भएका रवि लामिछानेले मंगलबार दिउँसो २ बजे नारायणी नदी किनारको प्रदर्शनी मैदानमा धन्यबाद सभा गर्ने जानकारी दिएका छन् । उनले फेसबुकमार्फत भनेका छन्, ‘चितवनसहित देशका सबै जिल्ला तथा देश–विदेशबाट मेरो पक्षमा उभिनु हुने सबैलाई धन्यबाद दिनका लागि धन्यबाद सभा आयोजना गरेको छु ।’

Related Posts

Next Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *